क्रिकेट

आईपीएल अक्सनमा नेपालका १५ खेलाडी

By खबरहब

January 23, 2022

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनमा १५ जना नेपाली खेलाडीले नाम दर्ता गराएका छन्।

आईपीएल टी–ट्वान्टी क्रिकेटको अक्सनमा सहभागी खेलाडीको सूची शनिबार सार्वजनिक भएको हो। जहाँ नेपालका १५ जना खेलाडी रहेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आईपीएल अक्सनमा सन्दीप लामिछाने, आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले आईपीएलको अक्सनमा नाम दर्ता गराएका हुन्।

अक्सनको सूचीमा कुल १२ सय १४ खेलाडी सामेल छन्। अहिलेसम्म कप्तान एवम् लेग स्पिनर सन्दीपले मात्र नेपालबाट आईपीएल खेलेका छन्।

आगामी आईपीएल अक्सनमा भारतका ८ सय ९६ र विदेशी ३१८ जना खेलाडी रहेका छन्।

भुटानबाट एक मात्र खेलाडीको नाम दर्ता हुँदा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका हुन्। आईपीएलको आगामी संस्करणको अक्सन बैंगलोरमा फेब्रुअरी १२ र १३ मा हुनेछ।