फाइल तस्वीर

अन्तर्राष्ट्रिय

भारतको राजधानी दिल्लीमा शनिबार ४५ संक्रमितको मृत्यु

By खबरहब

January 23, 2022

काठमाडौं – भारतको राजधानी दिल्लीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीब्रगतिमा फैलिरहेको छ।

दिल्लीमा तेस्रो लहर चलेयता अहिलेसम्म कै धेरै शनिबार ४५ जना सङ्क्रमितको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्।

शनिबार दिल्लीमा ११ हजार ४ सय ६ जनामा सङ्क्रमण पुष्टि हुँदा ४५ जनाको मृत्यु भएको हो। यो तेस्रो लहर सुरु भएयता एकैदिन भएको सबैभन्दा धेरै मृत्यु हो।

यस्तै, १४ हजार ८ सय २ जना भने निको भएका छन्। सङ्क्रमण दर १६ दशमलव ३६ प्रतिशत छ। शनिबार ७० हजार २२६ जनाको कोरोना परीक्षण गरिएको थियो।

योसँगै दिल्लीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५४ हजार ५ सय ९३ पुगेको छ। जसमध्ये ४४ हजार ४१५ जना होम आइसोलेशनमा छन्।