फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा थप ३ लाखमा कोरोना संक्रमण, ५ हजारको मृत्यु

By खबरहब

January 23, 2022

काठमाडौँ – उच्च बिन्दुमा पुग्ने क्रममा रहेको भारतमा थप तीन लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार २६९ जना कोरोना संक्रमित थपिएका हुन् ।

यही अवधिमा २ लाख ३८ हजार १२७ जना संक्रमणमुक्त भएका छन् भने ५ हजारजनाको मृत्यु भएको छ ।

त्यहाँ अहिले २२ लाखको हाराहारीमा कोरोनाका सक्रिय संक्रमित रहेका बताइएको छ ।