अन्तर्राष्ट्रिय

अफगानिस्तान सार्वजनिक भ्यानमा बिस्फोट : ७ जनाको मृत्यु

By खबरहब

January 23, 2022

काबुल – अफगानिस्तानको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको हेरातका गुप्तचर अधिकारीहरुले बताएका छन् ।

एउटा भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको थियो । आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । सार्वजनिक यातायात सेवाका लागि प्रयोग हुने एउटा सानो भ्यानमा बिस्फोट गराइएको थियो । मृत्यु हुनेमा चार जना महिला रहेको हेरात प्रान्तीय अस्पतालका एक अधिकारीले बताएका छन् ।