समाचार

एमाले अध्यक्ष ओलीलाई कोरोना पुष्टि

By खबरहब

January 23, 2022

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोराना संक्रमण पुष्टि भएको छ ।

लक्षण देखिएपछि परीक्षण गर्दा अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भएको पार्टी केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार अध्यक्ष ओली हाल बालकोटस्थित निवासमा आइसोलेशनमा रहेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनलगायत विषयमा अध्यक्ष ओलीले आज आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । पार्टीको धारणा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरिने एमाले स्रोतले जनाएको छ ।