समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 23, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १९१० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – १०५ ११–२० वर्ष –३०५ २१–३० वर्ष – १९१० ३१–४० वर्ष – १५२५ ४१–५० वर्ष – ७८० ५१–६० वर्ष – ५२९ ६१–७० वर्ष –२३६ ७१–८० वर्ष – १३९ ८० वर्षभन्दा माथि– ४९ अज्ञात– २०