सांकेतिक तस्बिर

समाचार

२५५ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

January 23, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५५ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २१५ कोरोना संक्रमितको आईसीयूमा र ४० को भेन्टिलेटरमा गरी कुल १६५ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३१ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेश प्रदेशमा ९ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १३० जना आईसीयूमा र ३१ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा १६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने लुम्बिनी प्रदेशमा २६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सुदुरपश्चिममा ३ जना आईसीयूमामा उपचाररत छन् ।