देश/प्रदेश

यातायात मन्त्री घनश्यामले गृह जिल्ला चितवनबाट शुरु गरे नमुना कार्यालय बनाउने अभियान

By खबरहब

January 23, 2022

चितवन– वागमती प्रदेशका श्रम तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बसेर घुस खाने कर्मचारी कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार भरतपुरस्थित यातायात सेवा कार्यालयको अनुगमन पश्चात कर्मचारीलाई निर्देशन दिदै मन्त्री दाहालले कुनै बहानामा गरीब जनताबाट घुस लिएको खबर आए कर्मचारीलाई हदसम्म कारबाही गर्ने बताए ।

चितवनमा केही दिन अगाडि एउटै यस्तै घटना बाहिरा आएको छ, सेवाग्राहीलाई समस्या देखाएर घुस खाने काम बन्द गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

मन्त्री दाहालले सेवाग्राहीहरुलाई सम्बोधन गर्दै कर्मचारीहरुले बढी पैसा मागे अख्तियार दुरुपयोग आयोगमा उजुर गर्न आग्रह गरे ।

मन्त्री दाहालले वागमती प्रदेशमा यातायात सेवामालाई नमुना बनाउने अभियानमा गृह जिल्ला चितवनबाट सुरु गरेको उल्लेख गरे ।

वागमती प्रदेशको यातायात मन्त्रीको कार्यभार सम्मालेसगैँ यातायातको क्षेत्रमा वागमती प्रदेशलाई मुलुककै नुमना बनाउने घोषण गरेका थिए ।

यातायात व्यवस्थाको कार्यालयबाट प्रदान हुने सेवाहरुप्रति सेवाग्राहीको जनगुनासो बढेपछि यो सेवालाई जनमुखीसगैँ गुनासोरहित बनाउने अभियानको क्रममा यातायात सेवा कार्यालय भरतपुर चितवनमा पुगेका थिए ।