अन्तर्राष्ट्रिय

विश्वभर कोरोना सक्रिय संक्रमितको संख्या घट्यो

By खबरहब

February 23, 2022

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमित थपिने दरमा कमी आएसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा १६ लाख १२ हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर सक्रिय संक्रमितको संख्या ६ करोड ६२ लाखमा झरेको छ।

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर ४२ करोड ७९ लाखमा कोरोना पुष्टि भएको छ।

जसमध्ये ३५ करोड ५७ लाख निको भएका छन् भने ५९ लाख २३ हजारको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै २४ लाख ९१ हजार संक्रमित निको भएका छन् भने ८ हजार ३ सय संक्रमितको मृत्यु भएको छ।

अझै पनि सक्रिय संक्रमितको शून्य दशमलव १ प्रतिशत अर्थात् ८० हजारको स्वास्थ्यमा जटिलता देखिएको भएपनि बाँकीको अवस्था सामान्य छ। नेपालमा समेत संक्रमण दर घट्दै गएको छ।