फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा २४ घण्टामा साढे १३ हजार संक्रमित थपिए

By खबरहब

February 23, 2022

काठमाडौँ – भारतमा १३ हजार ५०२ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा थपिनेभन्दा निको हुनेको संख्या ६ हजारले बढी छ ।

१९ हजार ७०४ जना कोरोनामुक्त भएका छन् भने २८१ जना संक्रमितको मृत्यु भएको छ ।

बुधबारसम्म भारतमा सक्रिय संक्रमितको संख्या एक लाख ७५ हजारको हाराहारीमा छ ।

भारतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख १२ हजार नाघेको छ ।