समाचार

रहस्यमय बन्यो कलाकार लामाको निधन

By खबरहब

February 23, 2022

काठमाडौँ : आफ्नै घरमा मृत भेटिएका कलाकार जयनन्द लामाको निधन रहस्यमय बनेको छ । भक्तपुरको कौशलटारस्थित आफ्नै घरको परिसरमा गाडीमा खुट्टा र घुईंमा टाउको रहेको अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

मंगलबार बेलूकी घरबाट एउटा भेटघाटका लागि निस्किएका लामा राती २ बजे घर पुगेको देखिएको छ । तर बिहान उनी मृत अवस्थामा भेटिएपछि घरकै पारिवारका सदस्यले आशंका गरेका छन् ।

बिहान गाडीको ढोकामा खुट्टा रहेको, टाउको भुई्रमा भएपनि चोट लागेको अवस्थामा शव भेटिएपछि उनको मृत्युबारे अनेक शंका उत्पन्न भएका छन् । उच्च रक्तचापबाट ग्रसित लामाको मृत्युको कारण खुलेको छैन ।

लामाको घरमै पुगेको प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।