फाइल फोटो

समाचार

प्रचण्ड भन्छन्– प्रतिक्रान्तिहरु फेरि पुरानै सत्ता उल्ट्याउने कोसिस गरिरहेका छन्

By खबरहब

February 23, 2022

काठमाडौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रान्तिहरु फेरि पुरानै सत्ता उल्ट्याउन कोसिस गरिरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरु यसरी नै सत्ता उल्ट्यान प्रयास गर्ने गरेको लेखेका छन् ।

‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन्’, उनले लेखेका छन्, ‘अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ। उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’

अमेरिकी सहायता परियोजना एमसीसीले सत्ता गठबन्धन भत्कने आशंका बढाइरहेका बेला प्रचण्डको यो भनाई आएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले संघीय संसदमा एमसीसीलाई टेबल गरेपछि अहिले माओवादी र एकीकृत समाजवादी विपक्षमा उभिएका छन् । यहीकारण देउवाले पछिल्लो दिनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग भेटघाटको क्रम बढाइरहेका छन् ।