फाइल तस्वीर

समाचार

गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र– प्रचण्ड

By खबरहब

February 23, 2022

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताए । बुधबार काठमाडौंमा माओवादीको वागमती प्रदेश समितिको दोश्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले परिवर्तनलाई कमजोर पार्ने, गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताएका हुन् ।

त्यस्तै उनले बाहिर चर्चा गरिएजस्तो अहिले नै प्रतिकान्ति हुने अवस्था नरहेको जिकिर गरे । उनले बुधबार बिहान प्रधानमन्त्रीसँग नभई गृहमन्त्रीसँग भेटवार्ता भएको जानकारी दिए ।

संसद्मा टेबल गरिएको एमसिसी अनुमोदन गर्नेलगायत विषयमा बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले प्रचण्डसँग भेटवार्ता गरेका थिए ।