राजनीति

‘एमाले कसैले हराउनै नसक्ने योद्धा हो’ : ओली

By खबरहब

February 23, 2022

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले जनताले फेरि एकपटक एमालेलाई विश्वास गर्ने बताएका छन् ।

बुधबार भक्तपुरमा जन्मदिनको उपलक्ष्यमा आफूमाथि लेखिएको पुस्तक ‘समवेत दृष्टि’ लोकार्पण कार्यक्रममा अध्यक्ष ओलीले पुनः जनतासँग एकाकार हुने बताएका हुन् ।

उनले आफ्नो पार्टी कसैले हराउनै नसक्ने योद्धा भएको दाबी गरे ।

ओलीले आफूहरूले केही जमिन छोड्दा सर्वोच्चका चार न्यायाधीश प्रयोग गरेर पछार्न खोजिएको टिप्पणी पनि गरे ।

अहिले एमालेले समग्र युद्ध हारेको नभई एउटा मोर्चा मात्र हारेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले एमालेले राष्ट्र र जनताका विरुद्ध काम नगर्ने पनि स्पष्ट पारे ।

कार्यक्रममा शुभचिन्तकहरूले ओलीलाई जन्मदिनको शुभकामना दिएका थिए ।