रोजगार

अपाङ्ता भएकालाई रोजगार दिन दुई संस्थाबीच सम्झौता

By खबरहब

February 23, 2022

काठमाडौँ– कुमारी जब र फाउन्ड परियोजना (द लेप्रोसी मिशन नेपाल) बीच रोजगारीसम्बन्धी सम्झौता भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि औपचारिक रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यका साथ कुमारी जब र फाउन्ड परियोजना (द लेप्रोसी मिशन नेपाल) बीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजका लागि योगदान दिने मुख्य उद्देश्यले प्रेरित भएर यो सम्झौता गरिएको कुमारी जब र फाउन्ड परियोजनाले जनाएका छन् ।

कार्यक्रममा कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले शारीरिक अपाङ्गता भएका व्यक्तिहरू मानसिक रूपमा उत्तिकै सक्षम हुने भन्दै उचित अवसर पाए उनीहरूले पनि अन्य मानिस उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्न सक्ने बताए ।

सम्झौतापत्रमा कुमारी जबको तर्फबाट प्रबन्ध निर्देशक भण्डारी र फाउन्ड परियोजनाको तर्फबाट निर्देशक चिरञ्जीवी शर्माले हस्ताक्षर गरेका थिए ।