समाचार

प्याब्सनको पन्ध्रौँ महाधिवेशन आज, ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध

By खबरहब

March 23, 2022

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन आज (बुधबार) काठमाडौँमा हुँदैछ ।

आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् ।

प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन् ।