फाइल फोटो

अन्तर्राष्ट्रिय

युक्रेनको मारिओपल सहरमा १ लाख मानिस बिचल्लीमा

By खबरहब

March 23, 2022

किभ – रुसी बम हमला र गोलाबारीका कारण युक्रेनको दक्षिणी बन्दरगाह शहरमा करीब १ लाख नागरिक बिचल्लीमा परेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालसम्म मारिओपलमा करीब १ लाख मानिस अमानवीय अवस्थामा रहेको बताएका छन् । ‘उनीहरुलाई खाना, पानी र औषधि छैन, निरन्तर गोलाबारी र बम हमला भइरहेको छ ’, उनले भने ।

मानवीय कोरिडोरमार्फत नागरिकहरूलाई उद्धार गर्ने प्रयासहरू रूसी गोलाबारी र ‘योजनाबद्ध आतंक’का कारण अवरोध भएको उनले बताए। एउटा मानवीय कोरिडोर रुसले नियन्त्रणमा लिएको जानाकारी दिँदै जेलेन्स्कीले सरकारी कर्मचारी र उनीहरुका बस चालकलाई रुसी सेनाले बन्धक पारेको आरोप लगाए ।

जेलेन्स्कीले अगाडि भने, ‘सम्पूर्ण कठिनाइका बाबजुद मारिओपोलका ७ हजार २६ जनको मंगलबार शहरबाट उद्धार गरिएको छ ।

यसैबीच, पछिल्लो दुई सातामा युक्रेनले १ लाख टन मानवीय सहयोग प्राप्त गरेको उनले बताए । जेलेन्सकीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई युक्रेनको भ्रमण गर्न गरेकोसमेत जानाकारी दिएका छन् ।