राजनीति

एमालेको केन्द्रीय कमिटीको बैठक जारी

By खबरहब

March 23, 2022

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी अहिले बैठक जारी छ ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको हो ।

स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।

एमाले अध्यक्ष केपी ओलीले छोटो मन्तब्य राखेर बैठक सुरु भएको जानकारी दिएका थिए। उनले आगामी निर्वाचनमा पार्टीलाई कसरी देशभर विजयी गराउने भन्ने विषयमा नेताहरूलाई निर्देशन दिएका छन् ।