तस्वीर- एपी

अन्तर्राष्ट्रिय

दुर्घटनाग्रस्त विमानको ब्लाक बक्स भेटियो

By खबरहब

March 23, 2022

काठमाडौं- चीनमा गत सोमबार दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स फेला परेको छ । एक सय ३२ जना सवार विमान दक्षिणी चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । चाइना इष्ट्रन एअरलाइन्सको बोइङ ७३७ विमान चीनको गुआङ्सी प्रान्तको वुझोउ शहर नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

पहाडको जंगली एवम् ग्रामीण क्षेत्रमा दुर्घटना भए पनि दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए ।

यद्यपि वर्षा र हिलो कारण  उद्धारकर्ताहरुले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेको जनाइएको छ । दुर्घटनामा भएको मानवीय क्षतिको औपचारिक विवरण भने हालसम्म सार्वजनिक भएको छैन । यद्यपि दुर्घटनामा कोही पनि जीवित नरहेको ठानिएको छ ।

विमान बेपत्ता हुनुमा मौसम सम्बन्धी कारण नभएको पनि सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारिक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन् ।