मुख्य समाचार

संवैधनिक पदाधिकारीको नियुक्तिविरुद्ध भएन अन्तरिम आदेश

By खबरहब

March 23, 2022

काठमाडौँ- सर्वोच्च अदालतले संवैधानिक नियुक्तिविरुद्ध परेका रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

५२ जना संवैधानिक पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा बुधबार संवैधानिक इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

इजलासले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास बस्न नमिल्ने दाबी गर्दै अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिट खारेज गरिदिएको छ ।

अर्का अधिवक्ता दीपकविक्रम मिश्रको रिट पनि खारेज भएको छ ।