तस्वीर- सटरस्टक

अन्तर्राष्ट्रिय

युक्रेनमा रुसी आक्रमणका कारण इन्डोनेसियामा चाउचाउको अभाव

By खबरहब

March 23, 2022

काठमाडौं- युद्ध प्रायः युद्धरत पक्षहरूमा मात्र सीमित रहँदैन । यसले लडाईबाट टाढा रहेका देशहरूमा समेत विभिन्न समस्याहरू निम्त्याउँछ । उदाहरणका लागि युक्रेन र रुसबीचको लडाइँका कारण उत्पन्न तेलमा मूल्यवृद्धिको असर विश्वभर महशुस गरिएको छ ।

रुसद्वारा युक्रेनमा जारी आक्रमणको असर युद्ध क्षेत्रबाट धेरै टाढा रहेको इन्डोनेसियामा पनि देखिएको छ । युक्रेन द्वन्द्वले इन्डोनेसियामा प्रतिष्ठित र अत्यधिक लोकप्रिय ‘इन्डोमी’ चाउचाउको अभाव देखिएको हो ।

युक्रेन इन्डोनेसियामा गहुँको सबैभन्दा ठूलो आपूर्तिकर्ता मुलुक हो र रूसी आक्रमणपछि युक्रेनी बन्दरगाहहरूमा गतिविधि निकै सुस्त भएको छ ।

यसैकारण गहुँको पिठोबाट उत्पादन हुने इन्डोमी चाउचाउको उत्पादन प्रभावित भएको बताइएको छ । इन्डोमी ब्रान्डले इन्डोनेसियामा तयारी चाउचाउको अवधारणालाई पहिलो पटक परिचय र लोकप्रिय बनाएको बताएको छ ।

यो चाउचाउ इन्डोनेसियाली समाजको हरेक क्षेत्रमा लोकप्रिय रहेको बताइन्छ । विद्यार्थीहरूदेखि छिटो खाजा खान चाहनेहरुले पनि यही चाउचाउ रुचाउँछन् ।