तस्वीर- एबीपी

अन्तर्राष्ट्रिय

जम्मू कश्मीरमा सुरक्षा फौजको कारवाहीमा एक आतंककारी मारिए

By खबरहब

March 23, 2022

काठमाडौं– भारत प्रशासित जम्मू कश्मीरमा भएको मूठभेढमा एक आतंककारीको ज्यान गएको छ । भारतीय सेनाले जनाएअनुसार जम्मू कश्मीरको गन्दरवाल क्षेत्रमा भएको मूठभेढमा आतंककारी मारिएको भारतीय सेनालाई उद्धृत गर्दै भारतको समाचार संस्था एएनआईले जनाएको छ ।

सुरक्षा फौजले ‘अपरेशन काउबाग’ को नामबाट सैनिक कारवाही गरेको जनाएको छ । कारवाहीका क्रममा छापा मार्दा घटनास्थलमा केही आतंककारीहरु फेला परेको र उनीहरुले सुरक्षा बलमाथि अन्धाधुन्द गोली प्रहार गरेपछि जवाफी कारवाही गरेको भारतीय सेनाको भनाइ छ ।

दोहोरो गोली हानाहानमा एक आतंककारी हताहत भएको बताइएको छ । घटनास्थलबाट सुरक्षा फौजले ठूलो परिमाणमा हातहतियार र गोलीगठ्ठा पनि फेला पारेको एएनआईले जनाएको छ ।

जम्मू कश्मीरमा बेलाबेला सुरक्षाकर्मी र आतंककारीबीच मूठभेढ हुँदै आएको छ ।