मनोरञ्जन

आनीसँग डकुमेन्ट्री छायांकन गर्दै वाइक्लेफ

By खबरहब

March 23, 2022

काठमाडौँ- ग्रामी अवार्ड विजेता विश्व चर्चित र्‍याप गायक वाइक्लेफ जीन १० दिनअघि नेपाल आएका छन् । उनी आआफ्नो टिमसहित नेपाल आउनुको कारण डकुमेन्ट्री छायांकन हो ।

नेपाली गायिका आनी छोइङ डोल्मासँग मिलेर जीनले एउटा डकुमेन्ट्री फिल्म छायांकन गरिरहेका छन् । गायक वाइक्लेफ र गायिका डोल्माले सामाजिक सञ्जालमा डकुमेन्ट्री छायांकनका तस्वीर सार्वजनिक गरि यसबारे जानकारी दिएका छन् ।

केही दिनअघि काठमाडौँको आर्यतारा स्कुल पुगेर उनले विद्यार्थीसँग भिडियो छायांकन गरेका छन्। उनीहरुले डकुमेन्ट्रीको विषयवस्तुका बारेमा खुलाएका छैनन् । यद्दपि जीन आफ्नो टिमसँग छायांकनमा व्यस्त छन् । तीन पटक ग्रामी अवार्ड विजेता जीन नौ वर्षको उमेरमा हैटीबाट आप्रवासीको रुपमा अमेरिका पुगेका थिए । उनले हैटीका बालबालिकाको लागि एले हइटी नामक सामाजिक संस्था पनि सञ्चालनमा ल्याएका छन् ।