फाइल फोटो

राजनीति

चुनावको मुखमा दलबदल गर्नु चरम अवसरवादः डा. भट्टराई

By खबरहब

March 23, 2022

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको मुखमा दलबदल गर्नु चरम अवसरवाद भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष भट्टराईले विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक भए पनि चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद भएको बताएका हुन् ।

उनले भने, ‘दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति र समूहको संगठित अभिव्यक्ति हो । त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक हो । तर, चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद हो । यसलाई सबैले रोकौँ !’

यस्तो गतिविधिलाई रोक्नुपर्ने उनको भनाइ छ ।