समाचार

क्वान्टम मेकानिक्स विषयको परीक्षा पुरानै कोर्सअनुसार गर्न सर्वोच्चको आदेश

By खबरहब

March 23, 2022

काठमाडौँ– सर्वोच्च अदालतले क्वान्टम मेकानिक्स विषयको परीक्षा पुरानै कोर्सअनुसार गर्न त्रिविका नाममा परमादेश दिएको छ ।

सर्वोच्चले स्नातकोत्तर तह प्रथम वर्ष प्रथम सेमेस्टरको पुरानो कोर्सको क्वान्टम मेकानिक्स विषयको परीक्षा पुरानै कोर्सअनुसार गर्न परमादेश दिएको हो ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले त्रिभुवन विश्वविद्यालयलाई यस्तो आदेश दिएको हो ।

त्रिविले क्वान्टम मेकानिक्स विषयको परीक्षा २०७५ पुस २९ गते लिएको थियो । तर, अत्यधिक प्रश्न पाठ्यक्रम बाहिरबाट सोधिएपछि परीक्षार्थीहरूले परीक्षा नै बहिष्कार गरिदिएका थिए ।