राजनीति

राप्रपाका दुई केन्द्रीय सदस्यबाट पार्टी परित्याग, राप्रपा नेपालमा प्रवेश

By खबरहब

March 23, 2022

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई निर्वाचित केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् ।

केन्द्रीय सदस्यद्वय पदमबहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ) ले राप्रपा परित्याग गरेका हुन् ।

राप्रपा परित्याग गरेका उनीहरूले अब राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) मा कृयाशील हुने जनाएका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विधानबमोजिम दुवै जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको महामन्त्री राजाराम बर्ताैलाले जानकारी दिएका छन् ।