फाइल फोटो

आर्थिक

एक वर्षमै दुई अर्बभन्दा बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि कठिन: गभर्नर

By खबरहब

May 23, 2022

काठमाडौं– नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एक वर्षमै दुई अर्ब बढी डलर गुमाउनु नेपाल जस्तो देशका लागि कठिन हुने बताएका छन् ।

आज आइतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले बोल्दै अधिकारीले नेपालजस्तो देशका लागि यति ठूलो रकम क्षतिपूर्ति गर्न कठिन हुने बताए ।

‘हामीले ९ महिनामा झण्डै दुई अर्ब ३८ करोड डलर बराबरहको सञ्चिति प्रयोग गरेका छौँ, यति छोटो समयमा हामीले यत्रो प्रयोग गर्नु हाम्रो जस्तो अर्थतन्त्रका लागि निकै संवेदनशील कुरा हो,’ उनले भने ।

साथै उनले विश्वभर नै उपभोग बढेको तर उत्पादन कम भएकाले यसको असर विश्वव्यापी रुपमा परेको बताए ।