ब्रेकिङ स्टोरी

भरतपुरमा रेनु दाहाल करिब १० हजार मतले अगाडि

By खबरहब

May 23, 2022

काठमाडौं– चितवनको भरतपुर महानगरमा मेयर पदमा उम्मेदवारी दिएकी रेनु दाहालले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेकी छन्। पछिल्लो मतपरिणामअनुसार उनले ४३ हजार ६१ मत प्राप्त गरेकी छिन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा नेकपा (एमाले) का विजय सुवेदीले ३३ हजार २३९ मत प्राप्त गरेका छन्। यसअनुसार दाहालले आफ्नो अग्रतालाई करिब १० हजार नजिक पुर्याएकी हुन् । अहिले दाहाल एमाले उम्मेदवार सुवेदीभन्दा ९ हजार ८२२ मतले अगाडि छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १३ हजार २६६ मत प्राप्त गरेका छन्। त्यस्तै, उपमेयरतर्फ नेपाली काग्रेंसका चित्रसेन अधिकारीले ४४ हजार ५९१ मत ल्याउँदै आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन्।

त्यस्तै उपमेयर पदमा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २६ हजार ३२२ मत प्राप्त गरेकी छिन्।