देश/प्रदेश

गौरादहको मेयर र उपमेयरमा एमाले निर्वाचित  

By खबरहब

May 23, 2022

काठमाडौँ – झापाको गौरादह नगरपालिकामा नेकपा एमालेले मेयर उपमेयर दुवैमा जित हासिल गरेको छ ।

मेयरका उम्मेदवार छत्रपति सुवेदी १२ हजार ८४९ पाएर विजयी भए भने उपमेयरमा जल वर्षा राजवंशीले ११ हजार ९१४ मत पाएर निर्वाचित भइन् ।

सुवेदीका प्रतिस्पर्धी कांग्रेसका रोहित कुमार शाहले ११ हजार ४८४ मत प्राप्त गर्दा उपमेयरमा माओवादी केन्द्रका पुष्पलाल ढकाल १० हजार ४३८ मतमा सीमित भए ।