देश/प्रदेश

पाँचखाल मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

By खबरहब

May 23, 2022

काभ्रे – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश खरेल र उपमेयरमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् ।

आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका मेयर पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत प्राप्त गर्दा एमालेका दनुवारले ९ हजार ५३४ मत प्राप्त गरी उपमेयरमा निर्वाचित भए ।

मेयर खरेलका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले आठ हजार ११५ मत प्राप्त गरे भने उपमेयरका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का चेतप्रसाद गौतम(मणि)ले नौ हजार १० मत पाए ।

सो नगरपालिकाको वडा नं १३ कोशिदेखास्थित श्रीराम मावि मतदान केन्द्रमा गत वैशाख ३० गते शुक्रबार भएको मतदानमा मतपत्र वितरणको क्रममा विवाद उत्पन्न भएपछि स्थगित भएकोमा यही जेठ ३ गते पुनः मतदान भएको थियो । यसका कारण ढिला गरी मतगणना भएको थियो ।

पाँचखालको मतगणना सम्पन्न भएसँगै जिल्लाका १३ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । अधिकांश पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आ–आफ्नो पदको पद तथा गोपनियताको शपथ ग्रहण गरी कार्यभारसमेत सम्हालिसकेका छन् ।

यस्तो छ वडाको नतिजा मतसहित वडा नं १ मा – जयबहादुर तामाङ – ५९४  (माओवादी केन्द्र) वडा नं २ मा – रामेश्वर दाहाल – ९३४  (नेपाली कांग्रेस) वडा नं ३ मा – सुन्दर अधिकारी – ८०५ (नेपाली कांग्रेस) वडा नं ४ मा – सुन्दर तामाङ – ९१० (नेपाली कांग्रेस) वडा नं ५ मा – सीताराम ढुङ्गाना – ६१४  (नेकपा एमाले) वडा नं ६ मा – रामशरण दुलाल – १,३८२ (एकीकृत समाजवादी) वडा नं ७ मा – रामकृष्ण दङ्गाल – ६९६ (नेपाली कांग्रेस) वडा नं ८ मा – सञ्जय तामाङ – १,१५८ (नेपाली कांग्रेस) वडा नं ९ मा –  रामकाजी श्रेष्ठ – १,०११ (नेकपा एमाले) वडा नं १० मा – नारायण प्रसाद सापकोटा – ६५५  (नेकपा एमाले) वडा नं ११ मा – हीराकाजी तामाङ – ९१६  (नेपाली कांग्रेस) वडा नं १२ मा – ज्ञानबहादुर दनुवार – १,१७७  (नेपाली कांग्रेस) वडा नं १३ मा – सुकुवीर तामाङ – ७०४ (नेपाली कांग्रेस)