देश/प्रदेश

भैरहवामा जजिराको विमान चरासँग ठोकियो

By खबरहब

May 23, 2022

भैरहवा – जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ । सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । विमान यात्रु ओरालेर एप्रोनमा छ ।

१२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारमा हिरासतमा रहेका कैदी थिए । उनीहरूलाई उद्वार गरेर नेपाल ल्याईएको हो । विमान अवतरण गरेपछि चरासँग ठोकिएको थियो ।

गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रनवेमा कतै चरा देखिन्न । ‘पाईलटहरुले अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरेका छन् । तर, रनवेमा देखिनु पर्ने चरा देखिएन’, साहले भने, ‘चरा कतै ईन्जिनमा त गएन भनेर जहाज होल्ड भएको छ ।’

एयरलाइन्सका ईन्जिनियरले विमान चेकजाँच गरेपछि मात्रै उडान गरिने भएको छ । २ जेठदेखि गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलमा नियमित सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।