सांकेतिक तस्बिर

देश/प्रदेश

मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु 

By खबरहब

May 23, 2022

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ सौनहवामा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु ७५ प ४१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको तीन जना सवार लु ८ प १५०२ नम्बरको मोटरसाइकल आइतबार बेलुकी सवा ८ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका १५०२ नम्बरको मोटरसाइकल चालक कृष्णनगर नगरपालिका–१० बकौलीका २२ वर्षीय राजेशलाल चौरसियाको उपचारका क्रममा शिवराज अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका अर्को मोटरसाइकल चालक सहित चार जनाको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।