देश/प्रदेश

७२७ स्थानीय तहको परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

By खबरहब

May 23, 2022

काठमाडौँ – देशभरका ७२७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगकाअनुसार नेपाली कांग्रेस १३२ मेयर र १८७ अध्यक्ष गरी ३१९ स्थानीय तह जितेर पहिलो शक्ति बनेको छ ।

२०७४ सालको निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले ७६ मेयर र १२३ अध्यक्ष जितेर दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

नेकपा माओवादी केन्द्रले २४ मेयर र ९६ अध्यक्ष जित्दा नेकपा एकीकृत समाजवादीले ९ पालिका प्रमुख जितेको छ ।

त्यस्तै जसपाले २१ तथा अन्य दल र स्वतन्त्र गरी २५९ तहमा जित हात पारेका छन् ।

हालसम्म ५ महानगरपालिका र २ उपमहानगरसहित २६ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ।

काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा र वीरगंज महानगरपालिका र जनकपुरधान र तुलसीपुर उपमहानगरको मतगणना जारी छ ।

हाल जारी मतगणनाअनुसार नेकपा एमाले र नेपाली कांग्रेस ६-६ स्थानमा, माओवादी केन्द्र र एकीकृत समाजवादी २-२ स्थानमा अघि हुँदा अन्यले ८ ठाउँमा अग्रता लिएका छन् ।

२ वटा पालिकाको मतगणना अझै सुरू भएको छैन।