फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा एकै दिन १७ सय ५२ चालकमाथि कारबाही 

By खबरहब

May 23, 2022

काठमाडौँ – ट्राफिक प्रहरीले एकै दिन काठमाडौँ उपत्यकामा १ हजार ७५२ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०८ जना, मदिरा पिएर सवारी साधन चलाउने ८७ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ७६ जना रहेका छन् ।

यस्तै, तीव्र गतिमा सवारी साधन चलाउने ७२ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ६९ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना चालकमाथि पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।