फाइल फोटो

समाचार

चट्याङ लागेर एक महिलाको मृत्यु

By खबरहब

May 23, 2022

उदयपुर– उदयपुर जिल्लाको कटारी नगरपालिका–११ गोठडाँडामा आइतबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । 

कटारी इलाका प्रहरी कार्यलयका अनुसार चट्याङ लागेर गोठडाँडा बस्ने वर्ष ४५ को भक्तकुमारी बुढाथोकी मृत्यु भएको हो । आइतबार दिउँसो हावाहुरी र वर्षासहित चट्याङ खस्दा घरको दलानमा बसिरहेकी बुढाथोकी सख्त घाइते भएका थिइन् ।

उनलाई उपचारका लागि तत्काल कटारी अस्पताल लगेर उपचार गर्ने क्रममा बेलुकी साँझ मृत्यु भएको प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।