समाचार

उपचारमा सहयोग गर्न क्यान्सरपीडित प्रितीशोभाको अपिल  

By खबरहब

May 23, 2022

खोटाङ– ऐँसेलुखर्क गाउँपालिका–५ महेश्वरी भतेरेकी क्यान्सर पीडित प्रितीशोभा राईले सहयोगका लागि अपिल गरेकी छिन् । यति अस्पताल बाफलमा उपचार गराइरहेकी राईले आर्थिक समस्या परेकाले सहयोगको याचना गर्नु परेको बताएकी छिन् ।

प्रितीशोभाकी छोरी युनिसा राईको नाममा एनआइसी एसिया बैंक, सामाखुसीमा खोलिएको खाता नम्बर १७८७०२४१२४८५२४०१ मा सहयोग रकम जम्मा गर्ने सकिने छ ।  

आर्थिक अवस्था कमजोर भएकाले क्यान्सर पीडितको उपचार खर्च जुटाउन आफन्तले ‘प्रितीशोभा राई बचाउ’ अभियान चलाइरहेका छन् । बिरामीको सहयोगार्थ वडा कार्यालय महेश्वरीले गत २१ वैशाखमा सिफारिस दिएको थियो । 

राईलाई ‘पोसिब्ली पुअर्ली डिफिरेन्सियटेड एडिनोकारसिनो’ मा पुष्टि भएको छ ।