सांकेतिक तस्बिर

देश/प्रदेश

बाख्रा चराउन गएकी किशोरी मृत फेला

By खबरहब

May 23, 2022

फुङ्लिङ– ताप्लेजुङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी आज मृत भेटिएकी छन् । 

फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए । बाख्रा बाटोमा भेटेपछि सशङ्कित उनीहरूले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन् । 

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।