c:ktfn ejg lznfGof; df]/ª,( h]7M g]kfnL sf+u|];sf s]Gb|Lo ;b:o 8f z]v/ sf]O/fnf lj/f6]Zj/ j[4f>d ;]jf ;ldlt lj/f6gu/–* åf/f lj/f6gu/–^, /fdk'/df lgdf{0f x'g] !% z}ofsf] …zªs/ clwsf/L d]df]l/on :df/s h]/LPl6s c:ktfn ejg lznfGof; ub}{ . tl:a/M dgf]h bfxfn÷/f;;

राजनीति

डा. कोइरालाद्वारा जेरिएटिक अस्पताल शिलान्यास

By खबरहब

May 23, 2022

मोरङ– विराटनगर–८ स्थित  विराटेश्वर वृद्धाश्रम सेवा समिति द्वारा विराटनगर– ६ रामपुरमा एक बिघा जग्गामा २५ करोडको लागतमा १५ श्ययाको ‘शङ्कर अधिकारी मेमोरियल स्मारक जेरिएटिक अस्पताल निर्माण गर्न लागिएको छ ।

अस्पताल निर्माणबाट ज्येष्ठ नागरिकका लागि  सम्पूर्ण स्वास्थ्यसम्बन्धी उपचार एकै ठाउँमा उपलब्ध हुने भएको छ । अस्पताल निर्माणका लागि स्व. अधिकारीका श्रीमती, छोराहरू सरोज तथा सञ्जीव र बुहारी अञ्जनाले निःशुल्क जग्गा उपलब्ध गराएका थिए ।

उक्त अस्पताल आज शिलान्यास गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नवनिर्वाचित जनप्रतिनिधिले कामका आधारमा जनताको विश्वास जित्नुपर्ने बताए । पालिकाका प्रतिनिधिले सुशासन, पारदर्शी र जवाफदेही, भ्रष्टाचारमुक्त र जनउत्तरदायी भएर कार्य गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यको प्रमुख तथा अध्यक्षले  अनुगमन गरी ‘वाच डग’ को भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालाले ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्योपचारलगायत अन्य कार्यका लागि समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

आश्रम प्रमुख जगत अर्याल, नेका महानगर अध्यक्ष दीपक चापागाईं, नेका प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, डा. नारायण कोइराला र रुक्मणी कोइरालाले अस्पताल स्थापनाबाट यस प्रदेशका ज्येष्ठ नागरिकले गुणस्तरीय उपचारको सुविधा पाउने विश्वास व्यक्त गरे ।