मनोरञ्जन

दशैँमा ‘महा भिडन्त’ को सम्भावना 

By खबरहब

May 23, 2022

काठमाडौँ– आउँदो दशैँमा नेपाली फिल्म बीच ठुलो भिडन्त हुने सम्भावना बढेको छ । नेपाली फिल्मको लागि राम्रो  मानिने दशैँमा परदेशी २ , प्रेम गीत ३ र छक्का पञ्जा ४ बीच भिडन्त हुने सम्भावना बढेको हो । परदेशी २ ले केही समय अगाडि नै रिलिज घोषणा गरेको डेटमा आइतबार मात्र प्रेम गीत युनिटले रिलिज हुने घोषणा गर्यो । 

दशैँकै डेटमा आउने तयारीका साथ दीपकराज गिरी पनि छक्का पञ्जाको चौथो सिरिजलाई छायांकनमा लाने तयारीमा छन् । उनले असारको पहिलो साताबाट छायांकन सुरु गरेर दशैँमा प्रदर्शन गर्ने योजनामा बदलाव नआएको बताएका छन् । ‘हामी हाम्रो योजना अनुसार नै अगाडि बढिरहेका छौँ’ दीपकले भने ।

छक्का पञ्जा ४ र परदेशी २ सम्वत् एकै वितरण कम्पनी एफडीले वितरण गर्ने भएकाले भिड्ने सम्भावना न्यून छ ।

 यद्यपि दुई फिल्म भिड्ने लगभग तय छ । त्यो भिडन्त प्रेम गीत ३ भर्सेस परदेशी दुई हुन्छ कि छक्का पञ्जा ४ ? यो भने हेर्न बाँकी छ ।