मनोरञ्जन

‘चिसो मान्छे’ ट्रेलर सार्वजनिक (भिडियो) 

By खबरहब

May 23, 2022

काठमाडौँ– स्वस्तिमा खड्का अभिनीत फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो महिना असार ३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई दीपेन्द्र कुमार खनालले निर्देशन गरेका हुन् ।

फिल्मको सार्वजनिक पोस्टर र टिजरमै स्वस्तिमामा देखिएको कर्णाली ‘लुक्स’ ले चर्चा पाएको थियो । कर्णालीको जीवन, त्यहाँको रहनसहन, श्रीमान् वैदेशिक रोजगारमा गएपछिको भोगाइ र स्वस्तिमाको संघीय राजधानी काठमाडौँसम्मको यात्रालाई समेटेर ट्रेलर तयार पारिएको छ । ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल पनि अटाएका छन् । विदेशबाट आएको शवलाई गाउँ पुर्‍याउने यात्रा फिल्ममा देखाइने छ । 

फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन समेत रहेको छ । दीर्घ खड्काले सम्पादन गरेको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।