देश/प्रदेश

थप १० जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

May 23, 2022

काठमाडौँ– नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २ सय ३३ पिसिआर परीक्षणका क्रममा ८ जना र ५ सय ३५ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ९१ जना निको भएका छन् । 

हाल नेपालमा १ सय ३३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।