मनोरञ्जन

पोस्टरमा ‘अभिन्न’

By खबरहब

May 23, 2022

काठमाडौँ– फिल्म ‘अभिन्न’ को पोस्टर सार्वजनिक भएको छ ।  दार्जिलिङ सहर डुलिहिँड्ने एक अपांग व्यक्तिले भोगेको जीवनकथा र उसलाई सघाउने कुकुरको चरित्रलाई फिल्ममा प्रस्तुत गरिएको छ ।

सन् २००८ मा लैनसिंह वाङ्देलद्वारा लिखित चर्चित उपन्यास  ‘लंगडाको साथी’ मा आधारित फिल्ममा अभिनेता कार्मको मुख्य भूमिका रहेको छ । 

फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । छायांकन सकिएको फिल्मको पोस्ट प्रोडक्सनमा रहेको र यसलाई फेस्टिभलमा फिल्म पठाउने तयारी भइरहेको छ । वाङ्देल एण्ड शाक्य प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई विभाकर शाक्यले निर्माण गरेका हुन् ।

फिल्ममा रञ्जित गजमेरको संगीत रहेको छ ।