मनोरञ्जन

फिल्ममा अभिनय गर्दै गुरु रान्धावा

By खबरहब

May 23, 2022

काठमाडौँ– गायक गुरु रान्धावाले फिल्ममा अभिनय गर्ने भएका छन् । उनको फिल्ममा अभिनय गर्ने विषयमा एक अन्तरवार्तामा अर्का र्‍याप गायक हनी सिंहले खुलाएका हुन् ।  गुरु र हनी आफ्नो नयाँ गीत ‘डिजाइनर’ को प्रमोसन गर्न कपिल शर्मा शो मा पुगेका थिए ।  जहाँ कपिलले हनीलाई अभिनयको बारेमा प्रश्न गरे । जवाफमा हनीले आफूले अभिनय नगर्ने बताएका थिए ।

‘मैले तीन वटा फिल्ममा अभिनय गरेँ । सबै फ्लप भए । अब फिल्ममा अभिनय गर्दिन’ हनीले भने । साथै, उनले गुरुले फिल्ममा अभिनय गर्न लागेको समेत खुलाए ।गुरु फिल्ममा आउन लागेका छन् ।  निकै मेहनत लाग्छ ।  सोच विचार गर्नु’ उनले भने । गुरुले फिल्ममा गर्ने अभिनयको बारेमा खासै बताएनन् ।यद्यपि हनीको अनुभवले आफूलाई सहयोग गर्ने बताए ।

‘गीतमा मोडलिङ गरिरहेको छु । अब अभिनय पनि अलि अलि गर्दैछु । अभिनय गरेपछि बाँकी बताउँला’ गुरुले भने । पञ्जाबी गायक गुरु पछिल्लो समय हिट छन् ।  उनका गीत फिल्म तथा सिंगल ट्रयाकमा दर्शकले रुचाइरहेका छन् ।