तस्बिर : सुशील कार्की अब्दुलको फेसबुकबाट

ब्रेकिङ स्टोरी

भरतपुरको उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारी विजयी

By खबरहब

May 23, 2022

चितवन- भरतपुर महानगरपालिकाको उपमेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी विजयी भएका छन् ।

गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत पाएर विजयी भएका हुन् । मतगणना नसकिँदै उनको जित सुनिश्चित भएको हो। भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा १ लाख १३ हजार ८७७ मत गणना सकिएको छ ।

भरतपुरमा अब १३ हजार ६८९ मत गन्न बाँकी हुँदा छ । हालसम्म अधिकारीले १९ हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै उनी विजयी भएका हुन् । 

हालसम्मको मतगणनामा अधिकारीले आफ्ना प्रतिद्वन्दीसँग १९ हजार ५१४ को मतान्तर बनाएका छन् । यस्तै भरतपुरमा सत्ता गठबन्धनकै मेयर उम्मेदवार रेनु दाहाल पनि जित नजिक पुगेकी छन् ।