तस्वीर- ब्राइटर कश्मीर

अन्तर्राष्ट्रिय

कश्मीर विश्वविद्यायलमा पहिलोपटक महिला उपकुलपति नियुक्त

By खबरहब

May 23, 2022

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरमा रहेको विश्वपिद्यालयमा पहिलो पटक महिला उपकुलपति नियुक्त गरिएको छ । जम्मु कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले कश्मीर विश्वविद्यायलमा प्राध्यापक निलोफर खानलाई नयाँ उपकुलपति नियुक्त गरेका हुन् ।

यससँगै उक्त विश्वविद्यालयमा उपकुलपतिको जिम्मेवारी पाउने निलोफर पहिलो महिला रहेको कश्मीरबारे समाचार सम्प्रेषण गर्ने ब्राइटर कश्मीर नामक अनलाइन समाचार पोर्टलले जनाएको छ ।

जम्मु कश्मीर विश्वविद्यालय ऐन १९६९ अनुसार निलोफरलाई उपकुलपति नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि उनी विश्वविद्यालयमा गृहविज्ञान विभागकी प्राध्यापक रहेको जनाइएको छ ।

उनको कार्यकाल तीन वर्षको हुने ब्राइटर कश्मीरले जनाएको छ । यसअघि प्राध्यापक तलात अहमद विश्वविद्यालयको उपकुलपति थिए ।