अपराध

सशस्त्र प्रहरीद्वारा लागूऔषध बरामद 

By खबरहब

May 23, 2022

महोत्तरी– सशस्त्र प्रहरी बल दुई मधेस प्रदेशले लागुऔषध बरामद गरेको छ। बाराको बलौली बिओपीबाट सई लिला बहादुर थारा समेतको टोलीले ६० केजी गाँजा बरामद गरेको हो ।

गस्तिमा रहेको सशस्त्र प्रहरी देख्नेबित्तिकै टाउकोमा बोकेको सामान छोडेर भागेको र चेकजाँच गर्ने क्रममा गाँजा रहेको सशस्त्र प्रहरीको बाहिनीले जानकारी दिएको छ। त्यसैगरी सर्लाहीको बिष्णु गाँउपालिकामा पनि बाहिनीको स्क्वार्ड टोली र स्थानीय सई चेत बहादुर थापामगर समेतको संयुक्त टोलीले १६० थान लागुऔँषध कोरेक्स बरामद गरेको बाहिनीले जानकारी दिएको छ।