ब्रेकिङ स्टोरी

काठमाडौँ महानगरको मेयरमा वालेन र उपमेयरमा सुनिताको अग्रता कायमै

By खबरहब

May 23, 2022

काठमाडौं- काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका वालेन्द्र साहले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् ।

पछिल्लो मत परिणामअनुसार साहले ४८०९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले २९१८० मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, पछिल्ला केही दिनअघि दोस्रो स्थानमा रही साहलाई पछ्याइरहेका नेकपा (एमाले) का मेयर पदका प्रत्याशी केशव स्थापितले भने २८३२६ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरतर्फ नेकपा (एमाले) की उम्मेदवार सुनिता डंगोलले पनि आफ्नो अग्रतालाई कायमै राखेकी छिन् । पछिल्लो मत परिणामअनुसार उनले ४४७०५ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, उपमेयर पद तर्फ नै नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १५२८२ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयर पदमा नै तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी उम्मेद्वार विनिता मगैयाले ७०२३ मत प्राप्त गरेकी छिन् ।