समाचार

र्‍याप शो ‘ब्याटल भूमि’को घोषणा

By खबरहब

June 23, 2022

काठमाडौँ – र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को लोकप्रियता पछि नयाँ र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ आउने भएको छ ।

निर्माण समूहले नयाँ शोको घोषणा गर्दै बुधबार बेलुकादेखि डिजिटल अडिसन खुला गरिएको जानकारी दिएको छ । अडिसन २ जुलाईसम्म हुनेछ ।

आयोजकका अनुसार डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्नेछ ।

सुदिप पोख्रेल र रोशनकुमार श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन् । शोमा निर्णायकको रूपमा मानस घले, कवि जी रहेका छन् भने नयाँ एक निर्णायकको चाँडै घोषणा गरिनेछ ।

कार्यक्रमको होस्टका रूपमा कोइन्च जी रहेका छन् भने सहनिर्मातामा मनोज सापकोटा छन् । साउनबाट ओेएसआर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोको विजेताले पाँच लाख रुपैंयाँसँगै विश्व भ्रमणको अवसर प्राप्त गर्नेछन् ।