बलिउड/हलिउड

‘धाकड’ को तय भयो ओटीटी

By खबरहब

June 23, 2022

काठमाडौँ– क्विन, तन्नु वेड्स मन्नु जस्ता फिल्म खेलेर बलिउडमा सय करोड क्लबकी हिरोइन बनेकी कंगना रनौतको समय पछिल्लो समय ठीकठाक छैन । उनले अभिनय गरेको फिल्म हेर्न दर्शक हलसम्म पुग्ने गरेका छैनन् । मणिकर्निका, थलाइभीपछि हालै रिलिज भएको धाकड फिल्म समेत बक्स अफिसमा असफल रह्यो । हलमा दर्शकले हेर्न जाँगर नचलाएपछि ‘धाकड’ ले ओटीटीमा आउन निकै सास्ती खेप्नु पर्‍यो । हलमा नचलेको यो फिल्म किन्न ओटीटीले पनि अस्वीकार गरेपछि फिल्मलाई ओटीटी रिलिजमा समस्या परेको थियो । 

यद्दपी यसलाई अब ‘जी फाइभ’ ले रिलिज गर्ने भएको छ । फिल्म जुलाई १ मा रिलिज हुनेछ । हप्ताभरमा यो फिल्मले जम्मा ३ करोड कमाइ गरेको ‘धाकड’ ले भने रिलिजपछि थप पैसा पाउने आसमा ओटीटीमा बिक्री भएको थिएन ।

अहिले रिलिजपछि बेच्न खोज्दा कसैले पनि यो फिल्म किन्न रहर नगरेपछि ‘जी फाइभ’ ले सस्तो मूल्यमा लिएको हो । ‘लेडी सुपरस्टार’ को ट्याग पाएकी कंगनाले पछिल्लो समय दर्शकको साथ पाउन छाडेकी छिन् ।