ब्रेकिङ स्टोरी

न्यायाधीश र अधिवक्तामाथि तत्काल कारबाही गर्न न्याय परिषद्‌मा राप्रपाको निवेदन

By खबरहब

June 23, 2022

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई करोड घुसको डिल गर्ने न्यायाधीश र अधिवक्तालाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भन्दै न्याय परिषद्‍मा निवेदन दर्ता गरेको छ ।

पार्टीको सुशासन विभागका प्रमुख तथा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले घुस काण्ड सार्वजनिक भएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेललाई पक्राउ गरी थप अनुसन्धान गर्न निवेदन दर्ता गराएको हो ।

निवेदन दर्तापछि शाहीले तत्काल उनीहरूलाई पक्राउ नगरे थप आन्दोलन गर्ने र सर्वोच्चमा रिट दायर गरिने चेतावनी दिए।

मुलुकका विधिको शासन कायम गर्न पनि सबैलाई बराबरको कानुन हुनुपर्ने राप्रपाले जनाएको छ ।